arrow

झापा ५ बाट केपी ओली र बालेनले गराए उम्मेदवारी दर्ता, केही क्षण झडप 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
oli-82-10-6q.jpg

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभाका लागि उनले झापा ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । 

सो क्षेत्रबाट काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर वालेन्द्र साह बालेनले पनि उम्मेदवारी दिएका छन् । उनले रास्वपाबाट उम्मेदवारी दिएका हुन् । 

दुवै दलको बहुमत आउँदा वा दुवै दलबाट प्रधानमन्त्री बन्ने अवसर हुँदा ओली वा बालेन नै संसदीय दलको नेता बन्ने गरी चुनावमा होमिएका छन् । 

यो भिडन्तबाट एक जनाले चुनाव हार्ने निश्चित छ । यो क्षेत्रमा चुनावका बेलासम्म धेरै भिडन्त हुने आँकलन गरिएको छ । 

आज उम्मेदवारी दर्ता गर्ने बेलामै जम्काभेट भएसँगै कार्यकर्ताहरुबीच हात हालाहाल भएको थियो । 

पहिलो भेटमै भएको झडपले चुनाव सम्पन्न हुने बेलासम्म धेरै झडप हुन सक्ने देखिएको छ । 

ओलीले यसअघिदेखि नै सुरक्षा चुनौती रहेको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । 

समीकरण

झापा-५ लाई एमाले अध्यक्ष ओलीको 'अभेद्य गढ' मानिन्छ, जहाँबाट उनले २०४८ सालदेखि (२०६४ बाहेक) लगातार निर्वाचन जित्दै आएका छन्।

यसपटक काठमाडौँको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका बालेनले ओलीलाई उनकै गृहक्षेत्रमा चुनौती दिएपछि देशभरको ध्यान यस क्षेत्रमा केन्द्रित भएको छ।

बालेन पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् र रास्वपाले उनलाई आफ्नो भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ।

यस क्षेत्रमा यी दुई प्रभावशाली नेताहरूका बीचमा हुने प्रतिस्पर्धालाई 'पुरानो पुस्ता' र 'जेन-जी' (नयाँ पुस्ता) बीचको वैचारिक र राजनीतिक लडाइँका रूपमा हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ