arrow

झापा ओर्लिएलगत्तै ओलीले भने -'निर्वाचनका लागि अझै सुरक्षाको प्रत्याभूति भएन'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
oli-bhadrapur.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि मुलुकमा अझै शान्ति सुरक्षाको भरपर्दो वातावरण बन्न नसकेको टिप्पणी गरेका छन्। सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचन लक्षित सुरक्षा प्रबन्धलाई चुस्त बनाउन नसकेको दाबी गरे।

समाजमा अझै पनि विभिन्न प्रकारका आपराधिक घटनाहरू भइरहेकाले सुरक्षा व्यवस्था कमजोर रहेको स्पष्ट हुने उनको तर्क छ। अध्यक्ष ओलीले निर्वाचन आयोगको भूमिकामाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताउँदै आसन्न निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुनेमा आशङ्का व्यक्त गरे। यद्यपि, जस्तोसुकै विषम परिस्थितिमा पनि नेकपा एमाले निर्वाचनमा भाग लिन तयार रहेको उनले स्पष्ट पारेका छन्।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, “सुरक्षा प्रबन्ध अझै राम्रो हुन सकेको छैन। विभिन्न आपराधिक घटना अझै भइरहेका छन्। निर्वाचन आयोगमाथि समेत प्रश्नचिह्न उठ्ने अवस्था छ। तर जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ, त्यसमा कुनै समस्या छैन। मुख्य कुरा शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्छ, जुन अझै बनिसकेको छैन।”

आफ्नो निर्वाचन क्षेत्र झापा-५ का बारेमा टिप्पणी गर्दै ओलीले यो क्षेत्र कुनै पनि हिसाबले निर्वाचनको 'इपिसेन्टर' (केन्द्रविन्दु) नरहेको समेत बताए। उनले यसलाई सामान्य चुनावी प्रक्रियाका रूपमा लिएको सङ्केत गरे पनि विपक्षीहरूको बढ्दो दाबीका बीच उनको यो भनाइलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ