arrow

निर्वाचन नलड्ने कांग्रेस स्याङ्जा सभापति थापाको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
raju-thapa-congress-syangja.jpg

काठमाडौँ । नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा आशन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारी नदिने भएका छन् ।

बदलिएको राजनीतिक समीकरण र नयाँलाई अवसर प्रदान गर्नका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको थापाले बताए ।

उनले भने, ‘म यस अघि पनि सोही क्षेत्रबाट ३ पटक निर्वाचनमा उम्मेद्वार भए, दुई पटकसम्म जित पनि हाँसिल गरे, यसपटक नयाँ साथीहरूलाई अवसर दिनकै लागि हो, जसले नेपाली कांग्रेसबाट आधिकारिक टिकट ल्याउनुहुन्छ म उहाँलाई सहयोग गर्छु चुनाव जिताउन भरपुर लाग्छु ।’

थापाको यो निर्णयले सामाजिक सञ्जालमा कार्यकर्ताहरूले थापा नै स्याङ्जा १ मा उम्मेद्वार हुनुपर्ने र उहाँबाहेक अरुले निर्वाचन जित्न गाह्रो हुने विचार समेत व्यक्त गरिरहेका छन् ।

यता, थापाले आफ्नो निर्णयबाट आम स्याङ्जाली नेता, कार्यकर्तालाई विचलित नहुन र नेपाली कांग्रेसलाई जिताउन आग्रह समेत गरेका छन् ।

यसअघि २०७० सालमा भएको संविधान सभा निर्वाचनमा थापाले पहिलो पटक स्याङ्जा क्षेत्र नं १ मा कांग्रेसबाट जित हाँसिल गरेका थिए ।

लामो समयसम्म एमालले एकलौटी जित हाँसिल गर्दै आएको स्याङ्जा १ मा थापाले एमालेको जितमा ब्रेक लगाएकाले उनी स्याङ्जाको राजनीतिमा चर्चित नेताका रुपमा स्थापित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ