arrow

आध्यात्मिक गुरु श्री वल्लभ जयन्ती आज

'शुद्ध द्वैत' दर्शनका प्रणेताको स्मरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
shree-baal.jpg

काठमाडौँ । आज देशभर सोनाम ल्होसारको उल्लास भइरहँदा आध्यात्मिक जगत्मा श्री वल्लभ जयन्ती पनि श्रद्धापूर्वक मनाइँदै छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यो जयन्ती महान् दार्शनिक एवं भक्ति मार्गका प्रखर प्रवक्ता आचार्य श्री वल्लभको जन्मको स्मरणमा समर्पित छ। बाल्यकालदेखि नै विलक्षण प्रतिभाका धनी वल्लभले मात्र १३ वर्षको उमेरमा वेद-वेदाङ्ग लगायतका सबै धर्मशास्त्रहरूको पूर्ण अध्ययन गरिसकेका थिए, जसले उनको विद्वतालाई स्थापित गरेको थियो।

श्री वल्लभाचार्यले संस्कृत भाषामा रहेका कठिन ग्रन्थहरूलाई सर्वसाधारणले बुझ्न सक्ने गरी सरल भाषामा अनुवाद गर्नुका साथै थुप्रै मौलिक स्तोत्र र ग्रन्थहरूको रचना गरेका छन्। उनका चर्चित रचनाहरूमा यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्तरहस्य र नवरत्नस्तोत्र आदि मुख्य मानिन्छन्। उनले तत्कालीन समयमा प्रचलित शङ्कराचार्यका कतिपय उपदेशहरूको तार्किक खण्डन गर्दै ब्रह्माण्डको सत्यता र ईश्वरको स्वरूपबारे आफ्नै मौलिक दृष्टिकोण प्रस्तुत गरेका थिए, जसलाई दार्शनिक जगतमा ‘शुद्ध द्वैत’ को नामले चिनिन्छ।

उनको गहिरो दार्शनिक ज्ञान र भक्ति मार्गप्रतिको समर्पणबाट प्रभावित भएर तत्कालीन विजयनगर साम्राज्यका राजाले उनलाई ‘श्रीमद् आचार्य’ को उच्च उपाधिले विभूषित गरेका थिए। सोही समयदेखि नै उनी धार्मिक जगत्मा श्री वल्लभ महाप्रभु वल्लभाचार्यको रूपमा प्रतिष्ठित रहँदै आएका छन्। आजको दिन उनका अनुयायीहरूले उनीद्वारा प्रतिपादित भक्ति मार्गको स्मरण गर्दै विभिन्न आध्यात्मिक कार्यक्रमहरू आयोजना गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ