arrow

निर्वाचनको सरगर्मी: मनोनयन दर्ताका लागि ओली आज झापा जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
kp-oli-82-6-23q.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आफ्नो निर्वाचन क्षेत्र झापा जाँदैछन्। 

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराउने प्रयोजनका लागि उनी बिहान १०:२५ बजे भद्रपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। झापा पुगेपछि अध्यक्ष ओलीले जिल्लाका सबै निर्वाचन क्षेत्रको तयारीबारे जानकारी लिने र विशेष गरी आफ्नै क्षेत्रको चुनावी रणनीतिका बारेमा दमकमा स्थानीय नेताहरूसँग विस्तृत छलफल गर्नेछन्। 

यसपटक झापा–५ को निर्वाचन निकै रोचक हुने देखिएको छ, जहाँ अध्यक्ष ओली, स्वतन्त्र उम्मेदवार बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङबीच कडा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ