arrow

बालेन 'घण्टीघर' मा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
balen-sudan.jpg

काठमाडौँ । राजनीतिक वृत्तमा लामो समयदेखि चल्दै आएको अड्कलबाजीलाई पूर्णविराम दिँदै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। आइतबार वालेन्द्र शाह बालेन मेयर पदबाट राजीनामा दिएर रास्वपाको केन्द्रीय कार्यालय 'घण्टीघर' पुगेका हुन्।

बालेन शाहसँगै उनका निकट सहयोगी सुदन गुरुङ पनि रास्वपा कार्यालय पुगेका छन्। गुरुङले यसअघि नै आफू र बालेन आजै औपचारिक रूपमा रास्वपा प्रवेश गर्न लागेको पुष्टि गरेका थिए। बालेनको यो कदमले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समीकरणमा ठुलो फेरबदल ल्याउने अनुमान गरिएको छ।

काठमाडौँको मेयरका रूपमा चर्चामा रहेका बालेन रास्वपा प्रवेश गरेसँगै उनले आगामी निर्वाचनमा काठमाडौँको कुनै एक क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिने सम्भावना बढेको छ। रास्वपाले बालेनलाई पार्टीको वरिष्ठ नेता वा विशिष्ट जिम्मेवारी दिने तयारी गरेको बुझिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ