arrow

विशेष महाधिवेशन विद्रोहको चेत हो, अरु दलले पनि सिक्नुपर्छ : अजयबाबु शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
ajay-babu-03-10.jpg

काठमाडौँ। नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सम्मान गरेको छ ।

शनिबार काठमाडौँको अनामनगरमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, हिमालय कर्मचार्य र नगेन्द्र कुमाललाई बधाई दिंदै सम्मान गरेको हो ।

सो अवसरमा  केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनका माध्यमबाट गरिएको विद्रोहको चेतले अन्य दलहरूलाई पनि पाठ सिकाएको दाबी गरे ।

उनले लोकतान्त्रिक दलभित्र खुम्चिएर र पिल्सिएर बस्नुपर्दा देशभरका केन्द्रीय प्रतिनिधि र कार्यकर्ताहरूले विशेष महाधिवेशनमार्फत नेपालको राजनीतिक इतिहासमै प्रभावशाली एवं नौलो सन्देश प्रवाह गरेको बताए ।

उनले भने, ‘यो वैधानिक विद्रोह हो, कांग्रेसलाई रुपान्तरित र पुस्तान्तरण गर्ने प्रभावशाली आधार हो । अब देशभर नेपाली कांग्रेसभित्र ठूलो रुपान्तरण आउने निश्चित छ ।’

पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले विशेष महाधिवेशनको महत्व र पावर गाउँ गाउँसम्म र अन्य दलहरूमा पनि संचारित गर्नुपर्ने औंल्याए ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधव चौलागाईंले विशेष महाधिवेशनको एजेन्डा शुरूमा आफूहरुूले उठाएको दाबी गर्दै पार्टीमा अब समावेशीकरणको मुद्दा सशक्त बनाएर अघि बढ्ने बताए ।

कांग्रेस नेता भेषराज आचार्यले इलाम जिल्लामा कांग्रेसभित्र रुपान्तरित अभियान लिएर जानलाई विशेष महाधिवेशनले सहज बनाइदिएको बताए ।

कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य हिमालय कर्मचार्य, नगेन्द्र कुमाल, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका महामन्त्री गणेश केसी, कांग्रेस इलामका सभापति डम्बर खड्कालागयतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ