arrow

कांग्रेस–एमाले कमजोर पारेर रास्वपा बलियो बनाउने खेल भएको महेश बस्नेतको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
maheshbsnet.jpg

काठमाडौँ। नेकपा (एमाले) का सचिव महेश बस्नेतले नेपाली कांग्रेसको हालैको विभाजनमा प्रधानमन्त्री सुशीला कार्कीको प्रत्यक्ष संलग्नता रहेको गम्भीर आरोप लगाएका छन्। शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनलाई दिएको वैधानिकतालाई 'कानुन विपरीतको सेटिङ' को संज्ञा दिए।

उनले यो घटनालाई कांग्रेस र एमाले जस्ता पुराना एवं स्थापित शक्तिहरूलाई कमजोर बनाउने र रवि लामिछाने जस्ता पात्रहरूलाई बलियो बनाउने एउटा 'ग्रान्ड डिजाइन' भएको दाबी गरे। बस्नेतले प्रधानमन्त्री कार्की र केही अन्तर्राष्ट्रिय शक्तिहरू मिलेर लोकतन्त्रमाथि प्रहार गरिरहेको र यसले मुलुकको राजनीतिक स्थिरतालाई जोखिममा पारेको बताए।

यसका साथै, निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षको कुरा नसुनी हतारमा गरेको निर्णयप्रति एमालेको पनि असहमति रहेको उल्लेख गर्दै उनले सरकारको यस्तो कदम विरुद्ध पार्टीले सडक आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिए। बस्नेतले यो विभाजनलाई केवल एउटा पार्टीको आन्तरिक मामिला मात्र नभई समग्र लोकतान्त्रिक प्रणालीमाथिको प्रहारका रूपमा आफ्नो पार्टीले लिएको निष्कर्ष सुनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ