भारतमा डिसेम्बर २०२५ मा थोक मूल्य सूचकांक ०.८३ प्रतिशत
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
1.9k
Shares
काठमाडौँ । भारतको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार डिसेम्बर २०२५ मा थोक मूल्य सूचकांक ०.८३ प्रतिशत पुगेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मेसिनरी, उपकरण, खाद्य वस्तु, कपडा र खनिज पदार्थको मूल्यमा भएको वृद्धिका कारण डिसेम्बरमा मुद्रास्फीति दर सकारात्मक देखिएको हो ।
खाद्य मुद्रास्फीति नोभेम्बर २०२५ को २.६० प्रतिशतको तुलनामा डिसेम्बरमा स्थिर अवस्थामा आइपुगेको छ ।
प्राथमिक वस्तु समूहको सूचकांक १.०९ प्रतिशतले वृद्धि भई नोभेम्बरको १९२.१ बाट बढेर डिसेम्बरमा १९४.२ कायम भएको छ ।
इन्धन र शक्ति समूहको सूचकांक १.२३ प्रतिशतले बढेर १४८.३ पुगेको छ, जुन नोभेम्बरमा १४६.५ थियो ।
यसैगरी, निर्मित उत्पादन समूहको सूचकांक पनि ०.४१ प्रतिशतले वृद्धि भई १४५.६ पुगेको तथ्याङ्कले देखाएको छ ।