कांग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
2.5k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गनगनकुमार थापाले पार्टी अब सबै प्रकारका परिवारवाद र गुटबाट मुक्त भएको घोषणा गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै बुधबार राति सभापति थापाले यस्तो घोषणा गरेका हुन् ।
उनले अब पार्टी एकताबद्ध भएर अघि बढ्ने बताए । उनले पार्टी गुटमुक्त होस् भन्ने पार्टी कार्यकर्ताहरुको वर्षौंको चाहाना आज आएर पूरा भएको जिकिरसमेत गरे ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टी आजदेखि सबै खाले परिवारवादबाट मुक्त भयो । सबै गुटबाट पनि मुक्त भयो । अबदेखि कांग्रेसमा कोही ६० पनि छैन, कोही ४० पनि छैन । हामी सबै एउटै हो । यहाँ कसैले कसैलाई चिन्दैनन् । गुटहरु मासियोस् भन्ने कुरा जुन तपाई्रहरुले चाहनुभएको थियो त्यही कुरा आज हामीले पूरा गरेका छौँ ।’
सभापति थापाले पार्टीलाई एकताबद्ध बनाउँदै सबै नागरिकको आफ्नो पार्टी बनाउन प्रयासरत रहने बताए ।