arrow

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमिति [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
congress-central-committee-82-10-1.jpg

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । महाधिवेशन स्थलबाट बुधबार मध्यराति गगनकुमार थापाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । यसअघि गत आइतबारदेखि दुई दिनका लागि भनेर बोलाइएको विशेष महाधिवेशन चार दिनसम्म लम्बिएको थियो । 

यसअघि गत आइतबारदेखि दुई दिनका लागि भनेर बोलाइएको विशेष महाधिवेशन चार दिनसम्म लम्बिएको थियो । मंगलबारदेखि नै निर्वाचन प्रक्रिया अगाडि बढेको थियो । पार्टीलाई मजबुत बनाउने भन्दै निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शेरबहादुर देउवा समूहसँग पटक पटक वार्ता गरेका थिए । उक्त वार्ता सफल हुन नसकेसँगै निर्वाचन प्रक्रिया अगाडि बढेको थियो ।

पार्टीको विधानको धारा १७ (२) अनुसार गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेसँगै थापा र शर्माले पार्टीलाई विधानअनुसार नै अगाडि बढाउन विशेष महाधिवेशन डाकेका थिए । 

यसअघि केन्द्रीय कार्यसमितिले पुस २६ गतेदेखि नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि शेरबहादुर देउवाको संस्थापनले क्रियाशील सदस्यकै टुंगो नलगाइ नियमित महाधिवेशन प्रभावित पारेको थियो । 

नियमित महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्धयले विशेष महाधिवेशन गरेर पार्टीलाई जीवन्त राख्न खोजे पनि देउवाले आफू निकटका केन्द्रीय सदस्यहरूको भेला डाकेर थापा र शर्मासँगै सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निलम्बन गरेको घोषणा गराएका थिए । 

जबकि मंगलबार साँझदेखि नै केन्द्रीय कार्यसमिति भङ्ग गरेर नयाँ तदर्थ कार्यसमितिका लागि विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया थालेको थियो । 

भङ्ग भएको कार्यसमितिले नेतात्रयलाई कारबाही गरेको निर्णय सुनाएको हो । त्यसको कुनै औचित्य नै रहेन । तर शेरबहादुर देउवाले फेरि पनि पार्टी फुटाएका छन् । यसअघि २०५९ सालमा पनि उनैले पार्टी फुटाएका थिए । 

अहिले पनि स्वार्थका लागि पार्टी फुटाएका हुन् । अब निर्वाचन आयोगले नै मूल कांग्रेस कसलाई दिन्छ भनी कुर्नुपर्नेछ । 

यस्तो छ विधिवत् निर्वाचित केन्द्रीय समिति-

१ केन्द्रीय सभापतिः गगनकुमार थापा ।
२ केन्द्रीय उपसभापतिः विश्व प्रकाश शर्मा र पुष्पा भुषाल ।
३ केन्द्रीय महामन्त्रीः प्रदीप पौडेल र गुरुराज घिमिरे ।
४ केन्द्रीय सह-महामन्त्री (महिला): डा.डीला संग्रौला पन्त ।
५ केन्द्रीय सह-महामन्त्री (दलित): प्रकाश रसाईली स्नेही ।
६ केन्द्रीय सह-महामन्त्री (आदिवासी जनजाती): बहादुर सिंह लामा ।
७ केन्द्रीय सह-महामन्त्री (खसआर्य): उदय शम्शेर राणा ।
८ केन्द्रीय सह-महामन्त्री (मधेशी): मुक्ताकुमारी यादव ।
९ केन्द्रीय सह-महामन्त्री (मुस्लिम): फर्मुल्ला मन्सुर ।
१० केन्द्रीय सह-महामन्त्री (थारु): योगेन्द्र चौधरी ।
११ केन्द्रीय सह-महामन्त्री (पिछडिएको): कर्णबहादुर बुढा ।
१२ केन्द्रीय सदस्य खुलाः गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चीनकाजी श्रेष्ठ, सुधिर शिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, अजयबाबु शिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाई, डा. केदार नरसिंह केसी, विदुर बस्नेत, तीर्थजंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह ।
१३ केन्द्रीय सदस्य (महिला खुला): चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी र दिलकुमारी राई ।
१४ केन्द्रीय सदस्य (कोशी प्रदेश-महिला): शारदादेवी कोइराला ।
१५ केन्द्रीय सदस्य (कोशी प्रदेश-खुला): हिमालय कर्माचार्य र अग्नी पौडेल ।
१६ केन्द्रीय सदस्य (मधेश प्रदेश-महिला): मधु शाही ।
१७ केन्द्रीय सदस्य (मधेश प्रदेश-खुला): रामानन्द यादव र बजरंग नेपाली ।
१८ केन्द्रीय सदस्य (बागमती प्रदेश-महिला): उमा दाहाल ।
१९ केन्द्रीय सदस्य (बागमती प्रदेश-खुला): जितनारायण श्रेष्ठ र रमेश धमला ।
२० केन्दीय सदस्य (गण्डकी प्रदेश-महिला): विष्णुदेवी पाण्डे ।
२१ केन्द्रीय सदस्य (गण्डकी प्रदेश–खुला): रेशम बानिया र कृष्णबहादुर केसी ।
२२ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-महिला): पवित्राकुमारी अर्याल ।
२३ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-खुला): केशव आचार्य र रामबहादुर कार्की ।
२४ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-महिला): रामदेबी खड्का ।
२५ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-खुला): दिक्पाल शाही र नारायण भट्टराई ।
२६ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-महिला): निपा चोख्याल ।
२७ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-खुला): हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट ।
२८ केन्द्रीय सदस्य (अपाङ्गता भएका खुला): प्रकाश पन्थ ।
२९ केन्द्रीय सदस्य (अल्पसंख्यक खुला): शिवनारायाण सिं गनगाई ।
३० केन्द्रीय सदस्य (दलित-महिला): सीता मिजार, छायाँ सुनार, गंगा सुनार र लीला नेपाली ।
३१ केन्द्रीय सदस्य (दलित-खुला): मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य बिक र दिनेश सुनार ।
३२ केन्द्रीय सदस्य (आदिवासी जनजाती महिला): सपनाराज भण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ्ग, कुशुमदेवी थापा मगर, लीलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान र छीन्दुल्होमु शेर्पा ।
३३ केन्द्रीय सदस्य (आदिवासी जनजाती-खुला): तारामान गुरुङ्ग, अस्टकुमार कबे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ र दीपन श्रेष्ठ ।
३४ केन्द्रीय सदस्य (खसआर्य-महिला): उमा शिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री ।
३५केन्द्रीय सदस्य (खसआर्य-खुला): विजय स्वार, मथुरा घिमिरे, जगदिशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुषाल ।
३६ केन्द्रीय सदस्य (मधेशी-महिला): अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी, नीलम साह ।
३७ केन्द्रीय सदस्य (मधेसी-खुला): राम पल्टन साह, नागेन्द्र साह, राधेश्याम पाठक, सुनिलकुमार यादव र रामरुप प्रसाद ।
३८ केन्द्रीय सदस्य (मुस्लिम-महिला): सनम वेगम ।
३९ केन्द्रीय सदस्य (मुस्लिम-खुला): अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार ।
४० केन्द्रीय सदस्य (थारु-महिला): नवोदिता चौधरी र सुनिता राना ।
४१ केन्द्रीय सदस्य (थारु-खुला): सुरेन्द्र प्रसाद चौधरी र गोपाल दहित
४२ केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला): दीपक जंग शाह ।

congrress-2nd-special-general-assembly-82-10-1 (12).jpeg
congrress-2nd-special-general-assembly-82-10-1 (13).jpeg
congrress-2nd-special-general-assembly-82-10-1 (14).jpeg
congrress-2nd-special-general-assembly-82-10-1 (1).jpeg
congrress-2nd-special-general-assembly-82-10-1 (1).jpg
congrress-2nd-special-general-assembly-82-10-1 (2).JPG
congrress-2nd-special-general-assembly-82-10-1 (3).JPG
congrress-2nd-special-general-assembly-82-10-1 (4).JPG
congrress-2nd-special-general-assembly-82-10-1 (5).jpg
congrress-2nd-special-general-assembly-82-10-1 (2).jpeg
congrress-2nd-special-general-assembly-82-10-1 (3).jpeg
congrress-2nd-special-general-assembly-82-10-1 (4).jpeg
congrress-2nd-special-general-assembly-82-10-1 (5).jpeg
congrress-2nd-special-general-assembly-82-10-1 (6).jpeg
congrress-2nd-special-general-assembly-82-10-1 (7).jpeg
congrress-2nd-special-general-assembly-82-10-1 (8).jpeg
congrress-2nd-special-general-assembly-82-10-1 (9).jpeg
congrress-2nd-special-general-assembly-82-10-1 (10).jpeg
congrress-2nd-special-general-assembly-82-10-1 (11).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ