कांग्रेस विशेष महाधिवेशनको मिडिया सेन्टरबाट [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
1k
Shares
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली कांग्रेसको विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेको बताएका छन् । बहुमत महाधिवेशन प्रतिनिधिले शेरबहादुर देउवालाई हटाएर गगनकुमार थापालाई नेतृत्व सुम्पेको भन्दै त्रिपाठीले यसलाई सामान्य रुपमा लिनुपर्ने बताए ।
उनले यसअघि शेखर कोइरालालाई हराएर देउवा सभापति भएको भन्दै अहिलेको विशेष महाधिवेशनले देउवालाई हटाउनु विधानअनुसारको प्रक्रियामात्र भएको बताए ।
निर्वाचन आयोगले यसलाई बुझ्ने पनि त्रिपाठीको भनाइ छ । विशेष महाधिवेशन मिडिया सेन्टरबाट उनले सो जानकारी दिएका हुन् ।
विशेष महाधिवेशन चलिरहेका बेलामा तीन पदाधिकारीलााई कारबाही गरेको भनेर संस्थापनले भनेसँगै माहोल बदलिएको छ । सोसँगै विशेष महाधिवेशन स्थलमा संस्थापनप्रति आक्रोश बढेको छ ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट विगठित भइसकेको केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मन्सुरलाई अनधिकृत रूपमा पाँच वर्षसम्म पार्टी सदस्यबाट निष्कासित गरिएको प्रकरणलाई काठमाडौँ भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको हलले खारेजसमेत गरेको छ ।