arrow

आकाशियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ प्रतितोला दुई लाख ७८ हजार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ७८ हजार पुगेको छ । सुनको यो मूल्य इतिहासकै उच्च हो । 

यसै साताको आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ रहको सुनको भाउ त्यसपछि निरन्तर बढेको हो ।

सोमबार प्रतितोला दुई लाख ७४ सात सय र मंगलबार दुई लाख ७६ हजार पाँच सय रुपैयाँ रहेको थियो । 

यता, असली चाँदीको भाउ उच्च दरले बढेको छ । बुधबार एकैदिन तोलामा तीन सय १५ रुपैयाँले चाँदीको भाउ बढेको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बुधबार मूल्य बढेसँगै चाँदी प्रतितोला पाँच हजार छ सय ५५ रुपैयाँ पुगेको छ । 

चाँदीको यो मूल्य पनि इतिहासकै उच्च हो ।

चाँदी अघिल्लो दिन मंगलबार पाँच हजार तीन ४० रुपैयाँमा कारोबार भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ