arrow

देउवालाई सुनील शर्माको सुझाव: 'नेतृत्व हस्तान्तरणका लागि तयार हुनुस्, पार्टी जोगाउनुस्'

कार्यकर्ताको मनोभाव लतार्ने काम बन्द गरौँ, संवादबाटै निकास खोजौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
sunil-sharma-29.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्र देखिएको गम्भीर संकट समाधानका लागि संवाद नै एकमात्र विकल्प भएको बताएका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीलाई विभाजनबाट जोगाउन र भावी पुस्ताको भविष्य सुरक्षित गर्न संस्थापन पक्षले त्याग र अग्रगामी निर्णय लिनुपर्नेमा जोड दिए।

डा. शर्माले विधानसम्मत ढंगले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाउँदा पनि केन्द्रीय समितिमा आफ्नो बहुमत छ भन्दै कार्यकर्ताको मनोभाव लत्याउने र अस्वीकार गर्ने प्रवृत्तिले नै आजको विषम परिस्थिति सिर्जना भएको दाबी गरे। पार्टी र भावी पुस्ताको भविष्य सोचेर कांग्रेसलाई एकताबद्ध राख्न संस्थापन पक्षले अब त्याग र समर्पणको नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै उनले सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरणका लागि मानसिक रूपमा तयार रहन आग्रह गरे। विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ताको चाहना र पार्टीको समग्र हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

उनले सहमति भाँड्ने उशृङ्खल गतिविधिले पार्टीलाई झन् कमजोर बनाउने चेतावनी दिँदै एकताका नाममा कसैलाई पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनको दिशामा धकेल्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे। कांग्रेस संकटमा पर्नु भनेको देश नै संकटमा पर्नु सरह भएकाले सबै नेताहरूलाई उच्च जिम्मेवारीका साथ अघि बढ्न सुझाव दिँदै डा. शर्माले विवाद समाधानका लागि बनेको वार्ता समितिलाई मङ्गलवार बेलुकासम्म ठोस निष्कर्षमा पुग्न र संवादमार्फत नै सबै मतभेद टुङ्ग्याउन विशेष आग्रह समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ