arrow

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
nepali-communist-party-prachanda.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आफ्ना नवनियुक्त केन्द्रीय सदस्यहरूका लागि आज शपथ ग्रहण कार्यक्रमको आयोजना गरेको छ। पार्टीको औपचारिक निर्णय अनुसार कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १:३० बजेदेखि शपथ ग्रहण समारोह सुरु हुनेछ।

पार्टीले केन्द्रीय सदस्यहरूको यो औपचारिक शपथ ग्रहणमार्फत आफ्नो साङ्गठनिक ढाँचालाई थप मजबुत बनाउने र नेताहरूलाई नयाँ जिम्मेवारीका साथ कार्यक्षेत्रमा खटाउने उद्देश्य राखेको छ। कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, पदाधिकारीहरू तथा विभिन्न कमिटीका प्रतिनिधिहरूको उपस्थिति रहने जानकारी दिइएको छ।

अधिवेशन वा पुनर्गठनपछि चयन भएका सदस्यहरूलाई यस कार्यक्रममार्फत पार्टीको विधान र प्रतिवद्धताप्रति जिम्मेवार बनाउन खोजिएको पार्टी स्रोतले जनाएको छ। पेरिसडाँडामा हुने यस कार्यक्रमलाई पार्टीको आन्तरिक एकता र शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ