arrow

कांग्रेसको आन्तरिक विद्रोहमा एमाले नेताको 'इन्ट्री'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
surya-thapa-81-4-7.jpg

काठमाडौँ । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई बाहिर राखेर विशेष महाधिवेशन आयोजना गरिएको भन्दै कटाक्ष गरेका छन् । यता कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सुरु भएको महाधिवेशनमा देउवालाई बारम्बार निमन्त्रणा गर्दा पनि विशेष महाधिवेशनमा सहभागी भएका छैनन् ।

यसैबीच एमाले र त्यसको नेतृत्वलाई लक्षित गरी गरिएका आलोचनाहरूको जवाफ दिँदै थापाको टिप्पणी आएको हो  ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता थापाले एमालेमा नेतृत्वप्रति सम्मान र आफ्नै प्रकारको उच्च राजनीतिक संस्कार रहेको दाबी गरे । उनले कांग्रेसमा देखिएको नेतृत्व विस्थापनको शैलीलाई पारिवारिक विखण्डनसँग तुलना गर्दै लेखेका छन्, “नेकपा (एमाले)–वृद्ध बालाई अपमानपूर्वक वृद्धाश्रम धपाएर घर–सम्पत्ति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन । चेतना भया !”

नेता थापाको यो अभिव्यक्तिलाई विशेष गरी कांग्रेसभित्र संस्थापन पक्ष र इतर पक्षबीच बढेको तीव्र ध्रुवीकरणसँग जोडेर हेरिएको छ । सभापति देउवाले 'अवैधानिक' भन्दै बहिष्कार गरेको विशेष महाधिवेशनमार्फत नेतृत्वलाई दबाब दिने र किनारा लगाउने प्रयास भइरहेको आरोप लागिरहेका बेला एमाले नेता थापाले त्यसलाई 'अपसंस्कारी' कदमको रूपमा व्याख्या गरेका हुन् ।

एउटा दलमा ओली 'बा' को अति सम्मानले नेताहरू भीम रावल बनिरहेका छन् भने अर्को दलमा 'बा' (देउवा) लाई सम्मान नगरेको आरोपमा युवा नेताहरूमाथि कटाक्ष भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ