arrow

देउवालाई गगन थापाको निम्तो: "यो पार्टीकै कार्यक्रम हो, सहभागी हुनुस्"

विशेष महाधिवेशनलाई कसैले अवैधानिक भन्न सक्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
gagan-thapa-09-28.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुनः आह्वान गरेका छन्। सोमबार बन्दसत्रमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्ने क्रममा उनले यो कार्यक्रम पार्टीको विधानसम्मत रहेको दाबी गर्दै सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरूलाई उपस्थितिका लागि आग्रह गरेका हुन्।

महामन्त्री थापाले विशेष महाधिवेशनलाई कसैले पनि अवैधानिक ठहर्‍याउन नसक्ने चुनौती दिँदै यो कुनै अलग नभई पार्टीकै आधिकारिक कार्यक्रम भएको स्पष्ट पारे। उनले देशभरका थुप्रै नेता र कार्यकर्ताहरू महाधिवेशनमा सहभागी हुन इच्छुक भए पनि नेतृत्वसँग डराएर आउन नसकेको जिकिर गरे। "धेरै साथीहरूले मलाई भित्र र बाहिरबाट सम्पर्क गरिरहनुभएको छ, उहाँहरू आउन चाहनुहुन्छ तर नेतृत्वसँग डराउनुभएको छ," थापाले भने।

सम्बोधनका क्रममा उनले देशलाई आशाको सञ्चार गराउन र विद्यमान अन्योल चिर्न कांग्रेस जागेर अघि बढ्नुपर्नेमा जोड दिए। संस्थापन पक्षले यस महाधिवेशनलाई 'अवैधानिक' भन्दै बहिष्कार गरिरहेका बेला महामन्त्री थापाले बन्दसत्रको मञ्चबाटै एकता र सहभागिताका लागि पुनः आग्रह गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ