arrow

इरानमाथि सैन्य कारबाहीको तयारीमा अमेरिका

ट्रम्पको इरानलाई अन्तिम चेतावनी: "सैन्य कारबाहीका विकल्पहरू तयार छन्, हामी गम्भीर छौँ"

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
trump-pressmeet.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा जारी सरकार विरोधी प्रदर्शन र त्यहाँको हिंसात्मक दमनलाई लिएर कडा सैन्य कारबाहीको चेतावनी दिएका छन्।

आइतबार राति एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानभित्रको अवस्था 'असाध्यै खराब' रहेको र अमेरिकी प्रशासनले केही अत्यन्तै कडा सैन्य तथा रणनीतिक विकल्पहरूमा विचार गरिरहेको खुलासा गरेका हुन्।

इरानमा गत डिसेम्बरदेखि चर्किएको आन्दोलनमा ५०० भन्दा बढी नागरिकको मृत्यु भइसकेको रिपोर्टहरू सार्वजनिक भएपछि ट्रम्पको यो कडा प्रतिक्रिया आएको हो।

उनले भने, "सेनाले विकल्पहरूको अध्ययन गरिरहेको छ, हामी केही निकै कडा कदम चाल्ने सोचमा छौँ र छिट्टै यसबारे निर्णय गर्नेछौँ।" ट्रम्पका अनुसार इरानी पक्षले वार्ताका लागि प्रस्ताव गरे पनि स्थिति बिग्रिँदै गएमा अमेरिकाले वार्ताअघि नै 'एक्सन' लिन सक्नेछ। मध्यपूर्वमा बढ्दो यो तनावले विश्व राजनीतिमा नयाँ र गम्भीर हलचल पैदा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ