arrow

कांग्रेस दास र लासको पार्टी होइन : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
gagan-thapa-82-9-27yyqq.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस दास र लासको पार्टी नभएको बताएका छन् । भृकुटीमण्डपमा पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस दास र लासहरुको पार्टी नभएको बताएका हुन् । उनले भने, 'कांग्रेस दास र लासको पार्टी होइन, हामी ज्यूँदाहरूको पार्टी हो ।'

'कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवफ पनि दिन सक्दैन´, महामन्त्री थापाले महाधिवेशनलाई सम्बोधन गर्दै भने ।

महामन्त्री थापाले कांग्रेसप्रति जनताको भरोसा रहेको बताउँदै चुनाव भन्दा पनि अहिले ब्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनु पर्ने बताए ।

`चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले सिस्टम र संविधान जोगाउनु पर्ने छ, त्यो भन्दा बढी जनताको भरोसा जोगाउनु पर्ने छ', थापाले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ