arrow

इरानले शान्तिपूर्ण प्रदर्शनकारीको हत्या गरे कडा कदम चाल्ने ट्रम्पको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
trump-25-3-5.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानको वर्तमान परिस्थितिबारे टिप्पणी गर्दै अमेरिका सहयोग गर्न तयार रहेको बताएका छन्।

उनले इरान स्वतन्त्रताको खोजीमा रहेको दाबी गर्दै मध्यपूर्वको उक्त राष्ट्रलाई पुनः चेतावनी दिए ।

इरान सम्भवतः पहिले कहिल्यै नभएको जसरी स्वतन्त्रताको खोजीमा रहेको बताए।

संयुक्त राज्य अमेरिका सहयोग गर्न तयार रहेको बताए ।

ट्रम्प र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूले यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या गरेमा वासिङ्टनले कडा कदम चाल्ने चेतावनी पटक-पटक दिँदै आएका छन् ।

ट्रम्पले आफूहरूले परिस्थितिलाई नजिकबाट नियालिरहेको र विगतमा जस्तै दमन भएमा अमेरिका चुप लागेर नबस्ने स्पष्ट पारेका छन् ।

मन्त्रालयले अमेरिकी भनाइहरूले इरानी जनताप्रति वासिङ्टनको निरन्तर शत्रुता झल्काएको बताएको छ ।

स्मरणीय छ कि इरानी मुद्रा रियालको मूल्यमा आएको तीब्र गिरावट र लामो समयदेखिको आर्थिक कठिनाइलाई लिएर डिसेम्बरको अन्त्यदेखि इरानका विभिन्न शहरहरूमा विरोध प्रदर्शनहरू भइरहेका छन् ।

इरानी अधिकारीहरूले प्रदर्शनलाई स्वीकार गर्दै जनताका आर्थिक गुनासाहरू सम्बोधन गर्ने इच्छा व्यक्त गरेका छन् । तर हिंसा र तोडफोड नगर्न चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ