arrow

सवारी दुर्घटना न्यूनीकरणका लागि चालक र यात्रुसँग पाँच मिनेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
trafic-checking-makawanpur.jpg

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘चालक तथा यात्रुसँग ट्राफिक सचेतनासम्बन्धी पाँच मिनेट कार्यक्रम’ सम्पन्न गरेको छ ।

गएरातिदेखि सञ्चालन गरिएको उक्त कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालको कमाण्डमा भीमफेदी गाउँपालिका-२, भैँसे क्षेत्रमा सञ्चालन गरिएको हो।

कार्यक्रमअन्तर्गत चलिरहेका सवारी साधनका चालकहरूको मादक पदार्थ सेवन (मापसे) चेकजाँच गरिएको थियो भने सवारी साधनहरूको प्राविधिक अवस्थासमेत जाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सचेतना कार्यक्रमका क्रममा चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित गति, सिट बेल्ट र हेल्मेटको प्रयोग, ओभरलोड नगर्नेलगायत विषयमा जानकारी गराइएको थियो।

साथै यात्रुहरूलाई पनि यात्रा शुरू गर्नुअघि सवारी साधनको अवस्था, चालकको होसहवास र योग्यता बारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने र यसले सवारी दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ