arrow

भदौको 'जेन-जी' विद्रोहले फेरियो राजनीति, अब कांग्रेस फेर्ने पालो

विशेष महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्छ : गगन थापा [भिडियो]

अब नीति मात्र होइन, कांग्रेसको नेतृत्व पनि फेर्छौँ, पार्टी फुट्ने हौवा नपिटौँ, विधानको पालना गरौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
gagan-thapa-24-09.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको वर्तमान अवस्थालाई सुधार्न 'विशेष महाधिवेशन' मार्फत नीति र नेतृत्व दुवै परिवर्तन गर्नुको विकल्प नरहेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संस्थापन पक्षको कडा आलोचना गरे।

'जेन-जी' विद्रोह र बदलिएको नेपाल महामन्त्री थापाले भदौ अन्तिम साता (भदौ २३–२५) भएको 'जेन-जी' विद्रोहले नेपालको राजनीतिमा गम्भीर मोड ल्याएको उल्लेख गरे। उनले भने, “भदौ २२ गतेको नेपाल र भदौ २५ गतेको नेपाल एउटै होइन। त्यो विद्रोह किन भयो? त्यसमा हाम्रो पार्टीको भूमिका कहाँ चुक्यो? यसको गम्भीर विश्लेषण गर्नका लागि पनि नयाँ नीति र नयाँ नेता आवश्यक छ।” उनले नियमित महाधिवेशन समयमा हुन नसकेकाले विशेष महाधिवेशन नै अबको वैधानिक बाटो भएको जिकिर गरे।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरिएको स्मरण गराउँदै थापाले ती हस्ताक्षर र प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारे। संस्थापन पक्षले विशेष महाधिवेशनले पार्टी विभाजन गर्छ भनी फिँजाएको हल्लालाई उनले 'हौवा' को संज्ञा दिए। "विधानको पालना गर्दा पार्टी फुट्छ भन्नु कत्तिको न्यायसङ्गत हो?" उनले प्रश्न गरे।

आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मामाथि पार्टीभित्रैबाट घेराबन्दी भइरहेको भन्दै थापाले आक्रोश व्यक्त गरे। उनले पार्टीमा युवा महामन्त्रीहरू आएपछि नेतृत्वले कहिल्यै सहज रूपमा स्वीकार नगरेको गुनासो गरे। उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनका लागि निमन्त्रणा समेत पठाएको जानकारी दिँदै अबको लडाइँ पार्टीको रूपान्तरणका लागि भएको बताए।

यो घटनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अगाडि नेपाली कांग्रेसभित्रको आन्तरिक कलहलाई चरम सीमामा पुर्‍याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ