सभापति बन्नका लागि विशेष महाधिवेशनको माग गरेका होइनौँ : गगन थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
959
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरूले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारेका छन् । बुद्धिजीविहरूसँगको बुधबारको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले केही नेताहरूले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरूलाई सभापति बन्ने चाहना नरहेको बताए ।
उनले सभापति बन्ने चाहना राख्ने डा. शेखर कोईराला वा अन्य कोही पनि नेताहरट्ठ सभापति बन्न सक्ने बताए। उनले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेको बताए। महामन्त्री थापाले पार्टीलाई ठीक ठाउँमा उभ्याउने आफूहरूको एकमात्र चाहना रहेको जिकिर गरे ।
महामन्त्री थापाले भने, ‘२३ र २४ गतेपछि नेपालका मुख्य मुख्य पार्टीहर"मा दुई खालका कुरा आए । एउटा हामी नै ठीक थियौँ र छौँ भन्ने कुरा आयो । बाँकी सबै गलत हुन् भन्नेकुरा आयो । एउटा विचार यो भयो । २३ र २४ गतेअघि हामी ठीक थिएनौँ भन्नेकुरा हमीले राख्यौँ । हामी उभिएको ठाउँ ठीक थिएन, गतिमति ठीक थिएन । नागरिकको रिस थियो । रिसको कारण छन्, त्यो बुझ्नुपर्छ र त्यसका आधारमा हामीले पार्टीका कार्यक्रम अघि बढाउनुपर्छ । हामीले खास गरेर कारोबारी राजनीतिलाई अन्त्य गरिदिएको छ । प्रिन्सिपल, पर्पसको कुरामा फर्किनुपर्छ । सच्याउनुपर्छ । हतार हतार अरुलाई हटाएर सभापति बन्न खोज्यो भन्ने आरोप आयो । हामीलाई सभापति बन्नैछैन बाबा । को बन्नुछ बन्नुस् । तपाईंहरूमध्ये कुन नेतालाई बन्नुछ बन्नुस् । डा. शेखर कोईरालालाई बन्नुछ बन्नुस् । अर्को नेता बन्नुछ बन्नुस् । तर पार्टीलाई ठीक ठाउँमा उभ्याउनुपर्छ ।’
महामन्त्री थापाले नेपालको ठूलो पार्टीलाई बनाउँ भन्ने मात्रै आफूहरूको चाहना रहेको बताए। उनले संस्था जोगाउने र परिवर्तनको मुद्दा नमार्ने गरी आफूहरू अघि बढ्न चाहेको बताए ।