arrow

एमालेको प्रचार कमान्ड शाहीको हातमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
uml-cpn.jpg

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो केन्द्रीय प्रचार तथा प्रकाशन विभागको नेतृत्व परिवर्तन गरेको छ। मङ्गलबार बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

नवनियुक्त प्रमुख शाहीसँग विकास योजना र सञ्चार दुवै क्षेत्रको लामो अनुभव छ। उनी राष्ट्रिय योजना आयोगको पूर्वसदस्य हुनुका साथै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को पूर्वअध्यक्ष समेत हुन्।

एमालेले आफ्नो प्रचार संयन्त्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सञ्चार क्षेत्रमै दख्खल राख्ने शाहीलाई यो जिम्मेवारी सुम्पेको बुझिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ