arrow

सुनको भाउ घट्यो, चाँदीको हालसम्मकै उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार प्रतितोला चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको असली चाँदी बुधबार तोलामा ५५ रुपैयाँ बढेर चार हजार नौ सय ३५ रुपैयाँ पुगेको हो । 

यता बुधबार सुनको भाउ भने घटेको छ । मंगलबारको तुलनामा सुनको भाउ तोलामा चार सय रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मूल्य घटेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६७ हजार सात सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँ रहेको थियो । 

सुनको भाउ हालसम्मकै उच्च पुस १३ मा प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ