एयरपोर्ट नजिक गैरीगाउँमा लागेको आगलागी नियन्त्रणमा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
733
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । यो गोदाम ईश्वरबहादुर कार्कीले सञ्चालन गर्दै आएका थिए। गोदाममा विदेशबाट आयात हुने सामानहरू ल्याउँदा प्याक गर्ने काठका बक्साहरु राखिएको थियो ।
११ वटा दमकलसहित तीन ओटा पानी ट्यांकर प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
आगलागी २ घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट लोयला स्कूलको भवन र केही घरमा पनि क्षति पुगेको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि आगोलागी नियन्त्रणमा आएको हो। शुरूआतमा ओगोको मुस्लो बढेपछि केही क्षण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बन्द गरिएको थियो ।
कुनै मानवीय क्षति नभए पनि भौतिक क्षति भने ठूलो भएको छ । आगलागीको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । क्षतिको विवरण पनि आइसकेको छैन ।