arrow

प्रहरी मुख्यालयले मधेसका प्रहरीलाई छानबिनमा तानेपछि उदाङ्गियो प्रमुख डीआईजी थपलियाको सञ्जाल

logo
दीपेन्द्र चौहान, 
प्रकाशित २०८२ पुष २२ मंगलबार
govinda-thapaliya-dig.jpg

वीरगञ्ज । प्रहरी प्रधान कार्यालय, प्रशासन शाखाले काटेको पत्रले मधेस प्रदेश प्रहरीका प्रमुख गोविन्द थपलियाको ‘दोहोरो चरित्र’ र तस्करीको सञ्जाललाई उदाङ्गो बनाएको छ ।

डीआईजी थपलियाले गत पुस ४ गते ३१ जना घुमुवा प्रहरी हटाएर प्रदेशभरि सुशासनको पक्षमा काम गरेको प्रायोजित समाचार लेख्न लगाएको तथ्यलाई प्रधान कार्यालयको पत्रले पुष्टि गरेको छ ।

डीआईजी थपलियाले कारबाहीको साटो संरक्षण दिएका भनिएका यी घुमुवाहरूको मुख्य काम शान्ति सुरक्षा भन्दा पनि सीमा नाकाको तस्करी व्यवस्थापन गर्नु रहेको स्रोतको दाबी छ।

भारतीय सीमासँग जोडिएका पर्सा, बारा, रौतहटदेखि सप्तरीसम्मका नाकाहरूबाट हुने लत्ताकपडा, हार्डवेयर, खाद्यान्न तथा इलेक्ट्रोनिक्स लगायतका अवैध सामान ओसारपसारमा यिनै घुमुवाहरूले ‘लाइन’ मिलाउने काम गर्दै आएका थिए ।

तस्करहरूलाई सुरक्षित बाटो देखाइदिने र त्यसबापत प्राप्त हुने मोटो रकम संकलन गरी माथिल्लो तहसम्म पुर्‍याउने ‘च्यानल’ का रूपमा यी घुमुवाहरू परिचालित थिए।

प्रधान कार्यालयले छानबिनका लागि तानेका प्रहरी कर्मचारीहरूमा अधिकांश तराईका जिल्लाहरूमा लामो समयदेखि जरा गाडेर बसेका र तस्करी नियन्त्रणको साटो तस्करकै मतियार बनेको आरोप लागेकाहरू छन्।

छानबिनमा तानिएका प्र.स.नि. भुलेन्द्र कुमार गिरी (व.प्र.का. श्रीपुर, पर्सा), प्र.व.ह. राम याद राय यादव (प्र.चौ. तिलाठी, सप्तरी), प्र.व.ह. राज मंगल सिंह (ने.प्र.प्र.का. पर्सा, वीरगन्ज), प्र.व.ह. मातृका प्रसाद महतो (जि. ट्रा.प्र.का. लहान, सिराहा), प्र.ह. निरज कुमार यादव (ने.प्र.प्र.का. पर्सा, वीरगन्ज), प्र.ह. निरज सिंह (जि.प्र.का. पर्सा), प्र.ह. भाग्य नारायण साह रौनियार (जि.प्र.का. सर्लाही), प्र.ह. रमेश कुमार यादव (जि.प्र.का. धनुषा), प्र.ह. लिला बहादुर बस्नेत (ने.प्र.रा.सु. तथा ट्रा.व्य.का., बारा), प्र.स.ह. मो. सद्दाम हुसेन (जि.प्र.का. बारा), प्र.स.ह. नुरुल होदा मियाँ अंसारी (जि.प्र.का. सर्लाही), प्र.स.ह. फिरोज मिया (जि.प्र.का. पर्सा), प्र.ज. चन्दन यादव (ने.प्र.वि.सु. गण ढल्केबर, धनुषा) र प्र.ज. मजुल होदा (जि.प्र.का. सर्लाही) रहेका छन् ।

प्रधान कार्यालयको यो ‘एक्सन’ ले मधेसको तस्करी सञ्जालमा कम्पन पैदा गरेको छ भने प्रदेश नेतृत्वको ‘सुधार’ को दाबीलाई फिका साबित गरिदिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ