arrow

बेइजिङमा सी र लीबीच शिखर वार्ता

चीन-दक्षिण कोरिया नयाँ रणनीतिक साझेदारी: बेइजिङमा १५ बुँदे सम्झौता

'अशान्त विश्व' मा सही रणनीति अपनाउन चीनको आग्रह, क्षेत्रीय सुरक्षा र व्यापारिक सहकार्यमा सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
china-koria-xi-lee.jpg

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङलाई ‘जटिल र अशान्त’ बन्दै गएको वर्तमान विश्व परिस्थितिमा ‘सही रणनीतिक छनौट’ गर्न आग्रह गरेका छन्। 

छ वर्षपछि चीनको राजधानी भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली शीर्ष नेता बनेका ली र सीबीचको यो भेटवार्ता उत्तर कोरियाले जापान सागरमा दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट भएको हो। 

विशेषगरी अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पदच्युत गरी न्यूयोर्क पुर्‍याएपछि चिनियाँ राष्ट्रपतिले दक्षिण कोरियालाई इतिहासको सही पक्षमा उभिन सांकेतिक सन्देश दिए।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार वार्ताका क्रममा सीले विश्व अहिले तीव्र परिवर्तन र अनिश्चितताबाट गुज्रिरहेको उल्लेख गर्दै बेइजिङ र सियोलले क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए। 

राष्ट्रपति सीले दुवै देशका साझा चासोका विषयहरू व्यापक रहेको र उनीहरूले पारस्परिक हितका लागि दृढतापूर्वक सहकार्य गर्नुपर्ने बताए। प्रतिउत्तरमा दक्षिण कोरियाली राष्ट्रपति लीले सीसँगको विश्वासका आधारमा द्विपक्षीय सम्बन्धमा नयाँ चरण सुरु गर्न चाहेको र कोरियाली प्रायद्वीपमा शान्तिका लागि मिलेर विकल्प खोज्ने प्रतिबद्धता व्यक्त गरे।

भ्रमणका क्रममा दुई देशका नेताहरूबीच प्राविधिक नवीनता, वातावरण, यातायात र व्यापार जस्ता महत्वपूर्ण विषयमा ‘१५ वटा सहयोग दस्तावेजहरू’ मा हस्ताक्षर भएको छ। 

व्यापार र प्रविधि क्षेत्रका ठूला उद्योगीहरूको प्रतिनिधिमण्डलसहित बेइजिङ पुगेका लीले आफ्नो देशको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग आर्थिक सहयोग विस्तार गर्ने आशा राखेका छन्। 

उनले दक्षिण कोरिया र चीनबीचको औद्योगिक आपूर्ति श्रृंखला एक-आपसमा जोडिएको उल्लेख गर्दै भविष्यमा अझ बढी पारस्परिक र लाभदायक व्यापारिक सम्बन्धका लागि काम गर्न आह्वान समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ