arrow

जाँचबुझ आयोगको निर्णय

ओलीलाई राहत: चार महिनापछि 'स्थान हद' फुकुवा, अब विदेश भ्रमण र उपत्यका बाहिर जान पाउने

आयोगको प्रतिवेदन अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
oli-08-25.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद उच्चस्तरीय जाँचबुझ आयोगले फुकुवा गरिदिएको छ। 

गत भदौ २३ र २४ गतेका घटनाहरूको छानबिनका क्रममा आयोगले उनलाई विदेश भ्रमणमा रोक लगाउनुका साथै आयोगको पूर्वस्वीकृतिबिना काठमाडौँ उपत्यका छाड्न नपाउने गरी गत असोज १२ गते प्रतिबन्ध लगाएको थियो। आयोगको आज बसेको बैठकले सोधपुछको कार्य सम्पन्न भएको भन्दै ती सबै प्रतिबन्धहरू हटाउने निर्णय गरेको हो।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतले त्यस समयमा भएका काम कारबाहीबारे अध्यक्ष ओलीसँग आवश्यक जानकारी लिने कार्य पूरा भएकाले अब हिँडडुलमा रोक लगाइरहनु पर्ने औचित्य समाप्त भएको छ। 

आयोगको टोलीले बयान लिने सिलसिलामा आइतबार ओलीको भक्तपुरस्थित गुण्डु निवासमा पुगेर उनसँग सोधपुछ गरेको थियो भने सो क्रममा अध्यक्ष ओलीले आयोगलाई आफ्नो लिखित वक्तव्य समेत बुझाएका थिए।

अनुसन्धानको प्रक्रियामा आयोगले यसअघि नै तत्कालीन गृहमन्त्री रमेश लेखक, चारवटै सुरक्षा निकायका प्रमुखहरू र जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूसँग बयान लिइसकेको छ। 

प्रवक्ता शर्माले बयान लिने काम लगभग सकिएको र आयोगले 'जेनजी' आन्दोलनसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरूसँग भेटेर विवरण सङ्कलन गर्ने कामलाई तीव्र पारेको जानकारी दिएका छन्। हाल आयोगको कार्यादेश तीन महिनाको अवधि सकिएपछि थप एक महिनाका लागि विस्तार गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ