arrow

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले अन्य दलहरूसँग चुनावी तालमेल गर्छ : सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
stoula-press-meetss.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले आगामी राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले अन्य दलहरूसँग चुनावी तालमेल गर्ने बताएका छन्। 

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले राष्ट्रिय सभाको निर्वाचन प्रणालीका कारण कांग्रेस एक्लै लडेर अपेक्षित परिणाम निकाल्न कठिन हुने भएकाले तालमेल आवश्यक रहेको बताए। उनले यस प्रकारको चुनावी तालमेललाई राजनीतिक 'गठबन्धन' भन्न नमिल्ने तर्क समेत गरे।

सिटौलाले राष्ट्रिय सभामा तालमेल गरे पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा भने कांग्रेस आफ्नै एजेन्डा र विचार लिएर एक्लै चुनावमा जाने प्रष्ट पारे। "आम निर्वाचन पार्टीको सिद्धान्त र नीति जनतामाझ पुर्‍याउने माध्यम हो, त्यसैले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने महासमितिको निर्णयमा हामी दृढ छौँ," उनले भने।

पार्टीभित्रको आन्तरिक विवादबारे चर्चा गर्दै नेता सिटौलाले 'विशेष महाधिवेशन' को औचित्य सकिइसकेको दाबी गरे। केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो निर्णयअनुसार पार्टी अहिले १५ औँ महाधिवेशनको नयाँ कार्यतालिकामा प्रवेश गरिसकेकाले अब विशेष महाधिवेशनको सान्दर्भिकता नरहेको उनको भनाइ थियो। उनले १५ औँ महाधिवेशन आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका पारित भइसकेको जानकारी दिँदै अब सबै नेता-कार्यकर्ता निर्वाचनको तयारीमा जुट्नुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ