arrow

एमालेको चुनावी रणनीति

चौबीस क्षेत्रमा 'हेभिवेट' नेताहरू एकल सिफारिस, ओलीदेखि उत्तराधिकारीसम्मको चर्चा

यी हुन् प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट छनोटमा परेका उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
kp-oli-katakchaya.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले उम्मेदवार सिफारिस प्रक्रियालाई तीव्र पारेको छ। 

पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र क्षेत्रीय कमिटीहरूले उम्मेदवारको नाम पठाउने क्रममा हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट प्रभावशाली 'हेभीवेट' नेताहरूको नाम एकल रूपमा सिफारिस भएको छ।

पार्टी सचिव महेश बस्नेतका अनुसार अध्यक्ष केपी शर्मा ओलीसहित ओलीका उत्तराधिकारी शीर्ष नेताहरू आफ्ना पुरानै क्षेत्रबाट सर्वसम्मत रूपमा सिफारिस भएका हुन्।

उम्मेदवार सिफारिसको सूचीमा शीर्ष नेतृत्वबाट अध्यक्ष केपी शर्मा ओली झापा–५, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२, र महासचिव शङ्कर पोखरेल दाङ–२ बाट सिफारिस भएका छन्। 

त्यसैगरी पदाधिकारी र वरिष्ठ नेताहरूमा उपमहासचिव लेखराज भट्ट कैलाली–४, सचिव महेश बस्नेत भक्तपुर–२, पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौँ–५, र प्रदीप ज्ञवाली गुल्मी–१ बाट एकल उम्मेदवारका रूपमा छानिएका छन्। 

मधेस प्रदेशबाट लीलानाथ श्रेष्ठ सिरहा–३, अजय गुप्ता रौतहट–१, हरि उप्रेती सर्लाही–३, र लक्ष्मी महतो कोइरी महोत्तरी–१ बाट सिफारिसमा परेका छन्।

पहाडी र हिमाली क्षेत्रतर्फ गोकुल बास्कोटा काभ्रे–२, सुहाङ नेम्वाङ इलाम–२, बद्री मैनाली नुवाकोट–१, तिलक महत नवलपुर–२, र मिलन गुरुङ गोरखा–२ बाट सिफारिस भएका छन्। 

कर्णाली र सुदूरपश्चिममा ध्रुव शाही सुर्खेत–१, कलाधर देवकोटा सुर्खेत–२, गुलाबजङ्ग शाह सल्यान, दामोदर भण्डारी बैतडी, र गणेश ठगुन्ना दार्चुलाबाट एकल उम्मेदवारका रूपमा अघि सारिएका छन्। 

भक्तपुर–२ बाट सिफारिस भएका महेश बस्नेतले पछिल्लो समय 'जेनजी' आन्दोलनका नाममा भइरहेका राजनीतिक दल विरोधी गतिविधिको डटेर प्रतिवाद गरेपछि उनको उम्मेदवारीलाई राजनीतिक वृत्तमा थप अर्थपूर्ण रूपमा हेरिएको छ। 

एकल सिफारिस भएका क्षेत्रमा उम्मेदवारी करिब पक्का भए पनि अन्तिम निर्णय भने पार्टीको केन्द्रीय कमिटीले गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ