arrow

रास्वपाको शक्तिशाली विस्तार

बालेन र कुलमानको रास्वपामा शक्तिशाली प्रवेश, को-को बने नयाँ सदस्य ?

बालेन बने 'वरिष्ठ नेता', सागर ढकाल र लक्ष्मण थारुसम्म केन्द्रीय समितिमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
raswapa-news.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका लोकप्रिय मेयर बालेन्द्र साह (बालेन) औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन्। आइतबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उनलाई पार्टीको ‘वरिष्ठ नेता’ र केन्द्रीय सदस्यका रूपमा मनोनीत गर्ने ऐतिहासिक निर्णय गरेको हो।

सभापति रवि लामिछाने र बालेन साहबीच गत पुस १३ गते भएको सात बुँदे राजनीतिक सहमतिअनुसार पार्टीले समायोजन प्रक्रियालाई अन्तिम रूप दिँदै बालेनको नेतृत्वमा रहेको टोलीलाई पार्टीको संरचनामा भित्र्याएको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार यो समायोजनसँगै बालेनसहित २६ जना नयाँ व्यक्तित्वहरूले रास्वपाको केन्द्रीय समितिमा स्थान पाएका छन्। नयाँ मनोनीत सदस्यहरूमा बालेनका मुख्य सहयोगी तथा सल्लाहकारहरू सुनिल लम्साल, भूपदेव शाह र सस्मित पोखरेल रहेका छन्।

त्यस्तै, गुल्मीबाट चर्चामा आएका युवा नेता सागर ढकाल, सरिता ज्ञवाली, रमेश पौडेल, केपी खनाल, खडक राज पौडेल र सन्तोष गिरिलाई पनि केन्द्रीय समितिमा ल्याइएको छ। यसैगरी तराई र पहाडका विभिन्न आन्दोलन तथा अभियानमा सक्रिय रहेका लक्ष्मण थारु र खगेन्द्र सुनारले पनि रास्वपाको केन्द्रीय नेतृत्वमा जिम्मेवारी पाएका छन्।

पार्टीको यो विस्तारमा डा. नमिता यादव, लक्ष्मी बर्देवा, राम कुमार ढुङ्गाना, रोहन कार्की, अनन्त राज घिमिरे र सुशान्त वैदिक जस्ता बौद्धिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरू समेटिएका छन्। यसका साथै प्रदिप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, शिव यादव, आदित्य आचार्य, प्रदिप पाण्डे र खेम राज साउद पनि नयाँ केन्द्रीय सदस्यका रूपमा चयन भएका छन्। 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको मुखैमा भएको यो शक्तिशाली समायोजनले देशको राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। वैकल्पिक राजनीतिक शक्तिहरूबीचको यो एकताले रास्वपालाई थप सुदृढ बनाउने र बालेनको आगमनले युवा मतदातामाझ पार्टीको प्रभाव अझै बढ्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ