arrow

चिसोले जनकपुरको जनजीवन कष्टकर, विद्यालयहरु थप तीन दिन बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
janakpur-upamahanagar-82-9-20.jpg

जनकपुर । जनकपुरधामका सम्पूर्ण सबै सामुदायिक विद्यालयहरु थप ३ दिनका लागि बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै पुस २२ गत्तेसम्मका लागि विद्यालयहरु बन्द रहेको जानकारी गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँबाट अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन भनि सूचना जारी भएअनुसार बाक्लो हुस्सु तथा शीतलहरका कारण बालकालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख रहेको छ । उक्त बिदा जाडो बिदाबाट कट्टा पनि सुचित गरिएको छ ।

विगत एक हप्तादेखि जनकपुरधामसहित धनुषाभर चिसो बढेर घर बाहिर निस्कनसमेत गाह्रो भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ