arrow

गिरफ्तार गरिएका हजार बढी जेन-जीलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
abin-limbu-genz-2.jpg

काठमाडौँ । जेन-जी अर्जुन शाहीलगायतका हजारभन्दा बढी गिरफ्तार जेन-जीहरूको रिहाईका लागि जेन-जेड २.० ले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

जेन-जी २.० का प्रवक्ता अबिन लिम्बुले जेनजी आन्दोलनमा सहभागी भएका कारण थुनामा राखिको व्यक्तिहरू पनि छन् उनीहरूलाई दोषी होइन भनेर प्रमाणसहित जाँदा पनि सुशीला कार्की सरकार कान थुनेर बसिरहेको आरोप लगाए ।

उनले भने, ‘हामीले पटकपटक दोषी होइन, जेन-जी आन्दोलनमा सहभागी भएको कारण उनीहरूलाई थुनामा राखिको छ भनेर प्रमाणसहित जाँदा पनि सरकार किन कान थुनेर बसिरहेका छ ।’

उनले सरकारले १५ दिनभित्र स्क्रिनिङ तथा छानबिन गरेर सम्बन्धित व्यक्ति ज्यान मार्ने कसुर वा सुनियोजित तरिकाले कुनै संगठनमा संलग्न नभएको देखिएमा तत्काल मुक्त गराउने भने पनि अहिले एक महिना हुन लाग्दा पनि रिहा नभएको बताए ।

उनले यतिधेरै समय भइसक्दा पनि स्क्रिनिङ् किन नसकिएको भन्दै प्रश्न पनि गरेका छन् ।

उनले भने, ‘सरकार आँफैले गरेको सहमतिमा अडान लिन सक्दैँन् भन्ने प्रष्ट भएको छ । सरकारले १५ दिनभित्र स्क्रिनिङ तथा छानबिन गर्ने, त्यसबाट सम्बन्धित व्यक्ति ज्यान मार्ने कसुर वा सुनियोजित तरिकाले कुनै संगठनमा संलग्न भएको नदेखिए जाँचबुझ आयोगको प्रतिवेदन बमोजिम हुने गरी सो व्यक्तिलाई तत्काल हिरासतबाट रिहा गर्ने र निजविरुद्ध दायर भएको मद्दा फिर्ता लिन सिफारिस गर्ने भनिएको थियो तर अहिले १५ दिन मात्र होईन एक महिना नै भईसक्यो । यति धेरै समय भइसक्दा पनि स्क्रिनिङ् किन गरिसकिएको छैन् ।’

उनले यसरी नै हाम्रो कुरा नसुन्ने र निर्दोष जेनजीलाई थुनामा नै राख्ने हो भने कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ