जेन-जी आन्दोलनपछि बदलिएको मनस्थिति : नयाँ दललाई अवसर दिनुपर्नेमा जोड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
667
Shares
काठमाडौँ । पछिल्लो समय पुराना भनिएका राजनीतिक दलहरूप्रति विश्वास लाग्न छाडेको युवाहरूले प्रतिक्रिया दिएका छन् । जेन-जी आन्दोलनपछि अब नयाँ राजनीतिक दललाई अवसर दिनुपर्ने उनीहरूको धारणा छ ।
देशलाई नयाँ सोच, नयाँ अनुहार र वास्तविक विकासको खाँचो भएकाले पुराना दलबाट सम्भव नभएको उनीहरूको धारणा छ ।
वसन्तपुरमा पसलमा काम गर्दै आएका नारायण हुँमागाईंले राजनीति भद्रगोल जस्तो बनेको बताउँदै पुराना दलको काम जनताले देखिसकेको उल्लेख गरे ।
उनले जेन-जी आन्दोलनपछि नयाँ शक्तिलाई सत्तामा ल्याउनुपर्ने र एक पटक नयाँ दललाई पालो दिनुपर्ने बताए ।
चुनावको अन्योल र कमजोर शासन प्रणालीले जनताको भरोसा घटाएको उनको भनाइ छ ।
जेन-जी सुजन तामाङले भने नेतादेखि जनता सबै लथालिंग अवस्था रहेको प्रतिक्रिया दिए ।
नेताहरूले माइकको अगाडि गर्ने व्यवहार र पछिबाट काम गर्नु धेरै फरक भएको बताए । उनले देशको विकासको लागि जेन-जीले नै सपोर्ट गर्नुपर्ने बताए ।
जेन-जी मनोज चौधरीले पनि वर्षौँदेखि एउटै नेतृत्व दोहोरिँदा विकास हुन नसकेको बताए ।
नेताहरूको बोली र व्यवहार फरक हुने, कानुन कमजोर भएको र परिवर्तन नआएको उनीहरूको निष्कर्ष छ ।
आउँदो निर्वाचनमा सक्षम नयाँ पुस्तालाई अवसर दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।