arrow

तोलामा २१ सयले घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार पनि सुनचाँदीको भाउ घटेको छ । 

गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा दुई हजार एक सय र चाँदी २५ रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मूल्य घटेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ६२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

सुनको भाउ हालसम्मकै उच्च पुस १३ मा प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो । 

यता, गत शुक्रबार प्रतितोला चार हजार पाँच सय २५ रुपैयाँमा कारोबार भएको असली चाँदी आइतबार चार हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ हालसम्मकै उच्च पुस १४ मा चार हजार आठ सय ९५ रुपैयाँ पुगेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ