भेनेजुएलामा अमेरिकी आक्रमण, राष्ट्रपति मादुरो पक्राउ, आफ्नो नियन्त्रणमा रहेको ट्रम्पको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
1.9k
Shares
काठमाडौँ । अमेरिकाले भेनेजुएलामा आक्रमण गरेको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई कब्जा गरेको दाबीसमेत गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा मादुरो र उनकी श्रीमती सिलिया एडेला अमेरिकी सेनाको हिरासतमा रहेको बताएका छन् ।
ट्रम्पले उनीहरुलाई भेनेजुएलाबाट बाहिर निकालिएको बताएका छन् । अमेरिकाले नेपाली समयअनुसार शनिबार बिहान ११ः४५ बजे भेनेजुएलाका चार सहरहरूमा आक्रमण थालेको थियो ।
यस आक्रमणको क्रममा अमेरिकी सेनाले सैन्य अड्डा र प्रमुख स्थानहरूलाई निशाना बनाएको छ । ट्रम्पले यसबारेमा पत्रकार सम्मेलनमा र्ण विवरण दिने बताएका छन् ।
भेनेजुएलामा आपतकाल घोषणा
अमेरिकी आक्रमणपछि, भेनेजुएलाका राष्ट्रपति मादुरोले बदलाको वाचा गर्दै एक विज्ञप्ति जारी गरेका छन् । उनले राष्ट्रव्यापी आपतकाल घोषणा गरेका छन् । उनको बयानको एक घण्टा पछि, ट्रम्पले उनको गिरफ्तारीको घोषणा गरेका हुन्।