arrow

मौसम सफा हुँदाहुँदै कसरी भयो बुद्ध एयरको जहाज दुर्घटना? प्राविधिक टोलीले अनुसन्धान गर्ने

चौध सय मिटरमा खुम्चियो भद्रपुरको रनवे, दुर्घटनाग्रस्त जहाज हटाउने प्रयास जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
buddhaair-bhadrapur.jpg

काठमाडौँ । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार राती बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवेको लम्बाइ घटाएर उडान तथा अवतरण सुचारु गरिएको छ। विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार दुर्घटनाग्रस्त जहाज रनवेको केही भागमा अड्किएकाले हाल १५ सय मिटरको रनवेलाई घटाएर १४ सय मिटरमा झारी विमानस्थल सञ्चालनमा ल्याइएको हो।

काठमाडौँबाट ५१ जना यात्रु, चार चालक दलका सदस्य र एक इन्जिनियर बोकेर उडेको बुद्ध एयरको एटीआर-७२ (९एन-एएनआई) जहाज राती ९:१० बजे अवतरणका क्रममा दुर्घटनामा परेको थियो। जहाज रनवेको पूर्वतर्फ करिब ३०० मिटर 'ओभर रन' भई घाँसे मैदानमा पुगेको थियो। दुर्घटना लगत्तै स्थानीय बासिन्दाहरूले यात्रुहरूको उद्धार गरेका थिए।

दुर्घटनामा परी को-पाइलट सुशान्त श्रेष्ठसहित सात जना घाइते भएका छन्। को-पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेकाले भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना यात्रु सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्।

विमानस्थल प्रमुख खत्रीले मौसम सफा रहेकाले मौसमका कारण दुर्घटना नभएको स्पष्ट पारे। "मौसमको समस्या थिएन, सम्भवतः केही प्राविधिक कारणले जहाज रनवेबाट बाहिर गएको हुन सक्छ," उनले भने। वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोलीले अनुसन्धान सुरु गर्नेछ। हाल प्रयोगमा रहेको १४ सय मिटरको रनवे जहाज सञ्चालनका लागि पर्याप्त रहेको र यसबारे सबै पाइलटहरूलाई नियमित जानकारी गराइएको विमानस्थल कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ