arrow

पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छ : महामन्त्री गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
gagan-thapa-18-09.jpg

काठमाडौँ । नेपाली का‌ंग्रेस महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि विधानअनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई–तीन दिनभित्रै टुंगोमा लाग्ने उनको भनाइ छ । 

पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएकाले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा आफूले फरक मत राखेको उनको भनाइ छ । 

उनले भने, ‘अझै केही दिन प्रतिक्षा गर्छौँ, पार्टी सभापति, कार्यवाहक सभापतिज्यूहरुले पार्टी विधानको उल्लङ्घन गर्न पाइदैन भन्ने कुरा उहाँहरू बुझ्नुभएको छ । एकदुई दिनभित्र आएर केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्नुभयो र विशेष महाधिवेशन बोलाउनुभयो भने पार्टीका लागि सर्वोत्तम कुरा त्यही नै हुन्छ । हामी पनि त्यही चाहन्छौँ । हामी अनुरोध गर्छौँ । यदि पार्टीको जिम्मेवार नेताले विधानको पालना गर्नुभएन भने मैले पार्टी महामन्त्री भएर यो कुरा टुलुटुलु हेरेर बस्न मिल्दैन । बस्न सक्दिनँ । विधानको धारा १७ (२)को पालना मैले गर्छु । विशेष महाधिवेशनको आयोजना गछौँ । यो पुसभित्रमा काठमाडौँमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको आयोजना हुन्छ । कसले गर्छ भन्ने कुरा एकदुई दिनभित्रमा प्रष्ट हुन्छ । देशभरीका महाधिवेशन प्रतिनिधि साथीहरूलाई अनुरोध गर्न चाहन्छु, तपाइँ पुस मसान्तमा काठमाडौँमा आउने कुराका लागि औपचारिक निम्तो केही दिनमा आउँछ । काठमाडौँमा भेट हुन्छ ।’

उनले पुस मसान्तभित्र हुने विशेष महाधिवेशनले पार्टीको अगामी नेतृत्व, नीति र कार्यदिशा तय गर्ने समेत जिकिर गर्दै उनले यसअघि नै सभापतिमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ