arrow

कांग्रेसमा विशेष महाधिवेशनको दबाब

कांग्रेसभित्र विग्रह: पुस २८ भित्र विशेष महाधिवेशन गर्न नेतृत्वलाई दबाब [भिडियो]

'विशेष महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार हो, पुस २८ को 'डेडलाइन' तोक्दै हस्ताक्षरकर्ता समूह मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
congress-bises.jpg

काठमाडौँ । नेपाली कांग्रेसभित्रको विवादले नयाँ मोड लिएको छ। पार्टीको नियमित महाधिवेशन समयमा हुन नसकेपछि ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरिरहेको पक्षले नेतृत्वमाथि दबाब बढाएको छ। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आगामी पुस २८ गतेभित्रै विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने 'अल्टिमेटम' दिएका छन्।

"विशेष महाधिवेशन बाहेक विकल्प छैन" विशेष महाधिवेशन पक्षधरका नेता सुवास पोखरेलले असोज २९ गते दर्ता गरिएको माग अझै जीवित रहेको बताए। "नियमित महाधिवेशनको कार्यतालिका सार्ने सुविधा नेतृत्वलाई छैन," उनले भने, "विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेपछि तीन महिनाभित्रै विशेष महाधिवेशन गर्नु नेतृत्वको अनिवार्य कर्तव्य हो।" उनले लोकतान्त्रिक पार्टीले आफ्नै विधान नमान्ने हो भने जनतामा जाने नैतिक धरातल समाप्त हुने चेतावनी समेत दिए।

विभाजन होइन, एकताको दाबी यो समूहले विशेष महाधिवेशनको मागलाई पार्टी फुटाउने खेलका रूपमा नलिन आग्रह गरेको छ। उनीहरूले यो कदमले पार्टीमा फुट नभई वैधानिक एकता कायम गर्ने र नेतृत्वलाई जवाफदेही बनाउने दाबी गरेका छन्। "हामी पार्टी विभाजनको पक्षमा छैनौँ, तर विधानभन्दा माथि कोही हुन सक्दैन," पत्रकार सम्मेलनमा नेताहरूले स्पष्ट पारे।

पुस २७ र २८ को प्रस्ताव विधानले तोकेको समयसीमा अनुसार २०८२ पुस २८ गतेभित्रै प्रक्रिया सक्नुपर्ने भएकाले उनीहरूले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशनको मिति प्रस्ताव गरेका छन्। नियमित महाधिवेशन अनिश्चित बनेको अवस्थामा प्रतिनिधिहरूको वैधानिक अधिकार रक्षा गर्न यो नै अन्तिम विकल्प भएको उनीहरूको ठहर छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ