एन्फा विधान विपरीत हुन लागेको निर्वाचनलाई स्वीकृति नदिन राखेपमा गणेश थापाले बुझाए ज्ञापनपत्र
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
771
Shares
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले एन्फाको विधान विपरीत माघ २८ गते निर्वाचन गर्न लागेको भन्दै स्वीकृति नदिन राष्ट्रिय खेलकुद परिषद्मा ज्ञापन पत्र बुझाएका छन् ।
उनले सदस्य सचिव रामचरित्र मेहतालाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै प्रचलित कानूनभन्दा बाहिर गएर गर्ने निर्वाचनलाई स्वीकृति प्रदान नगर्ने प्रतिबद्धता सदस्य सचिवले गराएको थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्, 'आफ्नो कार्यकालमा नेपाली फुटबललाई ध्वस्त बनाएको कारणले वैधानिक बाटोबाट निर्वाचन गर्दा पराजित हुने भएको हुँदा जिल्ला तथा प्रदेशको निर्वाचन नगरी सिधै केन्द्रको निर्वाचन तथा एन्फा विधान विपरीत गरिने निर्वाचनले नेपाली फुटबलमा ठूलो दुर्घटना हुनेछ ।'
उनले अगाडि लेखेका छन्, 'फुटबललाई मुडभेडबाट रोक्नको निमित्त राष्ट्रिय खेलकुद परिषद्ले विधान विपरीत गर्ने निर्वाचन लाई स्वीकृत नगरी एन्फा विधान अनुसार सबैलाई मान्य हुने गरी निकासा दिनेछ भने विश्वास गरेका छौँ ।'
यसअघि गत पुस १६ गते सातदोबोटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष पङ्कज बिक्रम नेम्वाङको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगमी माघ २८ गते चुनावी साधारण सभा गर्ने निर्णय गरेको थियो ।
एन्फाको कार्यसमितिको कार्यकाल आगामी असार ४ गते सकिँदै छ । यस चार वर्षे कार्यकाललाई छोट्याएर माघमै निर्वाचन गर्ने बैठकले पारित गरेको हो । एन्फाको चुनाव माघमा झापामा