arrow

बीपी राजमार्ग डाइभर्सन बनाएर सञ्चालनमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
bp-highway-82-9-17 (3).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग (धुलिखेल–सिन्धुली-बर्दिबास) को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर संचालनमा आएको छ ।  

बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवत जावत भइरहेको छ । खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ । 

अझ धुलाम्य सडक खण्डमा उड्ने धुलो नियन्त्रण गर्न पानी हाल्दा सडकमा सवारी चिप्लिने र दुर्घटना हुने सम्भावना पनि बढी छ । 

यो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि भने करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ । 

डिभिजन सडक कार्यालय भक्तपुरले बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन । 

सो राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । 

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माणकार्य शुरू गरिएको थियो । 

खण्ड खण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

bp-highway-82-9-17 (3).jpg
bp-highway-82-9-17 (4).jpg
bp-highway-82-9-17 (5).jpg
bp-highway-82-9-17 (6).jpg
bp-highway-82-9-17 (7).jpg
bp-highway-82-9-17 (8).jpg
bp-highway-82-9-17 (9).jpg
bp-highway-82-9-17 (10).jpg
bp-highway-82-9-17 (11).jpg
bp-highway-82-9-17 (12).jpg
bp-highway-82-9-17 (13).jpg
bp-highway-82-9-17 (14).jpg
bp-highway-82-9-17 (15).jpg
bp-highway-82-9-17 (16).jpg
bp-highway-82-9-17 (1).jpg
bp-highway-82-9-17 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ