arrow

एन्फाको चुनाव माघमा झापामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
anfa-exe-committee-82-9-16.jpg

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को चुनावी साधारण सभा आगामी माघको अन्तिम साता झापामा हुने भएको छ ।

सातदोबोटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष पङ्कज बिक्रम नेम्वाङको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले आगमी माघ २८ गते चुनावी साधारण सभा गर्ने निर्णय गरेको हो । 

एन्फाको कार्यसमितिको कार्यकाल आगामी असार ४ गते सकिँदै छ । यस चार वर्षे कार्यकाललाई छोट्याएर माघमै निर्वाचन गर्ने बैठकले पारित गरेको हो ।
 
त्यस्तै बैठकले आर्थिक वर्ष २०८२–८३ को लेखा परीक्षण गर्न लेखापरीक्षण तथा अनुपालक समितिको सिफारिस बमोजिम सुबोध एसोसियट्सलाई नियुक्त गर्ने निर्णय पारित भएको एन्फाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ