arrow

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । 

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा सात हजार नौ सय र चाँदीको तीन सय पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मूल्य घटेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सोमबार सुन प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ हालसम्मकै उच्च आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो । 

यता, सोमबार हालसम्मकै उच्च प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँ पुगेको असली चाँदीको भाउ घटेर मंगलबार चार हजार पाँच सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ