arrow

पूर्वी नाकाबाट पेट्रोलियम आयात बढ्यो: कुल राजस्वमा ५५ प्रतिशत योगदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
mechi bhansar office.jpg

काठमाडौँ । झापाको भद्रपुरस्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा पेट्रोलियम पदार्थको आयातबाट सबैभन्दा उच्च राजस्व सङ्कलन गरेको छ। 

कार्यालयको तथ्याङ्कअनुसार यस अवधिमा रु सात अर्ब ८४ करोड ४० लाख मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात हुँदा त्यसबाट मात्र रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व प्राप्त भएको छ। 

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयातले कार्यालयको कुल राजस्व सङ्कलनमा ५५.८० प्रतिशतको बलियो हिस्सा ओगटेको जानकारी दिनुभएको छ।

पेट्रोलियम पदार्थ बाहेक अन्य वस्तुहरूको आयातबाट हुने राजस्व योगदानमा तयारी कपडाले ४.१४ प्रतिशत र यातायातका साधन तथा तिनका पार्टपुर्जाले ३.६८ प्रतिशत हिस्सा ओगटेका छन्। त्यस्तै, तरकारीबाट ३.४० प्रतिशत र सिमेन्ट क्लिङ्करबाट ३.३० प्रतिशत राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। समग्रमा मेची नाका भएर हुने आयात व्यापारमा पेट्रोलियम पदार्थ मुख्य आयस्रोतको रूपमा देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ