arrow

एमालेसँग सहकार्यको नयाँ सम्भावना: नेता राजेन्द्र पाण्डेले दिए वार्ताको संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
rajendra-pandey-22.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले आगामी निर्वाचनमा नेकपा (एमाले) सँग सहकार्य हुन सक्ने स्पष्ट संकेत गरेका छन्। 

सोमवार निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन पुगेका नेता पाण्डेले एमालेसँग वार्ताको प्रक्रिया सुरु भइसकेको संकेत गर्दै देश, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सहकार्यको ढोका खुल्ला रहेको बताए। 

उनले कम्युनिष्ट आन्दोलन र देशको हितका लागि समान सोच राख्ने अन्य दलहरूसँग पनि चुनावी तालमेल हुन सक्ने उल्लेख गर्दै एमालेसँगको एकता वा सहकार्यका विषयहरू क्रमशः सार्वजनिक हुँदै जाने प्रस्ट पारे।

समानुपातिक उम्मेदवार चयनका सम्बन्धमा पार्टीले यसपटक निकै कडा र नयाँ मापदण्ड अपनाएको जानकारी दिँदै नेता पाण्डेले विगतमा समानुपातिकबाट सांसद भइसकेका, मन्त्री बनेका वा प्रत्यक्षतर्फ निर्वाचित भइसकेका पुराना अनुहारलाई यस पटकको सूचीमा समावेश नगरिएको बताए। 

युवा पुस्तालाई विशेष प्राथमिकता दिँदै समावेशी क्लस्टरअनुसार ११० जनाको नाम आयोगमा बुझाइएको उनको भनाइ छ। संविधान, निर्वाचन कानुन र हालै जारी अध्यादेशको मर्मअनुसार आदिवासी जनजाति, महिला, दलित, मधेशी, थारु र खसआर्यलाई समेटेर बन्दसूची तयार पारिएको नेता पाण्डेले स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ