arrow

देशभरका सबै क्षेत्रमा उम्मेदवारी दिने रेशम चौधरीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
chaudary-reshams.jpg

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले प्रत्यक्षतर्फका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बताएका छन्। 

उनले अन्य साना दलहरूसँग गठबन्धन गरेर देशभर उम्मेदवार उठाउने तयारी भइरहेको जानकारी दिए। चौधरीका अनुसार पार्टीले कास्की, पर्वत, लमजुङदेखि कर्णालीका रुकुम, रोल्पा, कालिकोट र डोल्पासम्म आफ्ना उम्मेदवारहरू खटाउनेछ।

समानुपातिकतर्फको बन्दसूचीमा देशका सबै भूगोल र समुदायलाई समेटिएको दाबी गर्दै उनले निर्वाचन आयोगमा सूची बुझाइसकेको बताए। "हामीले सुदूरपश्चिम र लुम्बिनीमा मात्र सीमित नरही पहाडी र हिमाली जिल्लाहरूमा पनि संगठन विस्तार गरेका छौँ," चौधरीले भने। 

यद्यपि, निर्वाचनको अन्तिम नतिजा भने मतदाताको विवेक र छनौटमा भरपर्ने उनको भनाइ छ। पार्टी विभाजन र नयाँ दल दर्ताको प्रक्रियापछि रेशम चौधरीले यो कदमलाई आफ्नो शक्ति प्रदर्शनको रूपमा लिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ