arrow

रास्वपा र बालेनबीचको 'बृहत् एकता' अनुमोदन

बालेन अब राष्ट्रिय राजनीतिमा: रास्वपाको भावी प्रधानमन्त्रीका रूपमा अनुमोदन

रवि पार्टी सभापति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
ravi-balen-sahamati.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र मेयर वालेन्द्र साह (बालेन)बीच भएको सात बुँदे सहमतिलाई रास्वपा केन्द्रीय समितिले औपचारिक रूपमा अनुमोदन गरेको छ। आइतबार राति सम्पन्न बैठकले यो सहमतिलाई मुलुकको राजनीतिक इतिहासमा 'आशाको नयाँ किरण' भएको ठहर गरेको छ।

सहमतिअनुसार मेयर बालेन अब राष्ट्रिय राजनीतिमा होमिएका छन् र उनलाई आगामी प्रतिनिधिसभा निर्वाचनपछि रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नेछ।

सहमतिका मुख्य ७ बुँदाहरू यस्ता छन्: 
१. आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिने। 
२. पार्टीको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी' (रास्वपा) नै रहने। 
३. पार्टीको चुनाव चिह्न 'घण्टी' र झण्डा साविककै रहने। 
४. रवि लामिछाने पार्टीको केन्द्रीय सभापतिमा कायमै रहने। 
५. बालेन्द्र साह पार्टीको सह-सभापति र संसदीय दलको नेता हुने। 
६. पार्टी संरचनामा युवा अभियन्ता र विज्ञहरूलाई योग्यता र समावेशिताका आधारमा ५०–५० प्रतिशतको अनुपातमा समायोजन गरिने। ७. भ्रष्टाचार विरुद्धका जनआवाज र 'जेनजी' आन्दोलनका मुद्दाहरूलाई संस्थागत रूपमा अघि बढाइने।

यो सहमतिसँगै रास्वपाले निर्वाचन आयोगमा आफ्नो दस्तावेज अद्यावधिक गर्ने प्रक्रिया पनि सुरु गरेको छ। बैठकले अन्य सुसंस्कृत र परिवर्तनकामी शक्तिहरूलाई पनि यसै अभियानमा गोलबद्ध हुन आह्वान गरेको छ। यसअघि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग पनि वार्ता भए पनि अहिलेलाई रास्वपा र बालेन पक्षबीच मात्रै लिखित सहमति भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ