arrow

एमाले पनि चुनावी मैदानमा

एमालेको चुनावी 'मुभ': एक सय १० जनाको समानुपातिक सूची आज बुझाइँदै, गुरु बराल एक नम्बरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
uml-cpn.jpg

काठमाडौँ । नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ। आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले जिल्ला र प्रदेशबाट सिफारिस भई आएका नामहरूका आधारमा ११० जनाको सूचीलाई अन्तिम रूप दिएको हो।

बैठकले अध्यक्ष ओलीद्वारा प्रस्तुत सूचीलाई आवश्यक सुझावसहित पारित गरेको पार्टी सचिव महेश बस्नेतले जानकारी दिए। यससँगै निर्वाचनका बारेमा संशय व्यक्त गर्दै आएको एमाले पनि अब औपचारिक रूपमा चुनावी प्रक्रियामा होमिएको छ। 

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउन हिजो र आज (पुस १३ र १४ गते) को समय सीमा तोकेको थियो।

एमालेले समावेशी सिद्धान्त र क्लस्टरका आधारमा उम्मेदवारहरूको छनोट गरेको छ। स्रोतका अनुसार खस आर्यतर्फको पहिलो नम्बरमा पार्टीका नेता गुरु बरालको नाम समावेश गरिएको छ। 

यस पटक एमालेले विगतमा समानुपातिक सांसद भइसकेका र वर्तमान जनप्रतिनिधिहरूलाई सूचीमा नदोहोर्‍याउने नीति लिएको छ। बन्दसूची बुझाए लगत्तै पार्टीले प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रका लागि उम्मेदवार छनोटको प्रक्रिया सुरु गर्ने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ