arrow

जेन-जी आन्दोलनको स्मरणमा ‘नदबिने आवाज’ सामुहिक कला प्रदर्शनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
genz-nadabine-aawaj.jpg

काठमाडौँ । गत भदौ २३ गते भएको जेन-जी युवा आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामुहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ ।

प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) अगाडिको सडक पेटीमा आयोजना गरिएको हो ।

प्रदर्शनीमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृति, सुशासनको माग र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विभिन्न कलाकृति प्रदर्शित गरेका छन् ।

गत भदौ २३ र २४ गते भ्रष्टाचार र बेथितिविरुद्ध शुरू भएको जेन-जी युवा आन्दोलनले देशमा ठूलो राजनीतिक परिवर्तन ल्याएको थियो ।

आन्दोलनका क्रममा दर्जनौँ युवाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए । यो आन्दोलनले तत्कालीन सरकारलाई नै परिवर्तन गर्न बाध्य बनाएको थियो ।

कलाकारहरूले यो प्रदर्शनीमार्फत युवाहरूको दबिएको आवाजलाई कलाको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन् ।

प्रदर्शनीमा विभिन्न चित्रकला, मूर्तिकला र अन्य कलाकृति प्रदर्शित छन् ।

यो कार्यक्रमले आन्दोलनको भावनालाई जीवित राख्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ